Listen LIVE

इलाम- इलामका बालबालिकाको मुटु परीक्षण गर्दा कलिलै उमेरमा मुटुको समस्या रहेको पाइएको छ । नेपाल हर्ट फाउन्डेसन इलामको आयोजनामा सदरमुकामस्थित आदर्श मावि र उमर उच्च माविमा रहेका बालबालिको मुटुसम्बन्धी स्वास्थ्य परिक्षण गर्दा २१ जनाको मुटुमा समस्या देखिएको हो ।

तीमध्ये आठ जनाको तत्काल शल्यक्रिया गर्नुुपर्ने अवस्था रहेको चिकित्सकहरुले सुुझाएका छन् । दुई विद्यालयलाई केन्द्र बनाई गरिएको मुटुको स्वास्थ्य परीक्षणमा आदर्श माविमा सात र अमरमा १६ विद्यालयका विद्यार्थी सहभागी थिए । दुई विद्यालयमा जम्मा तीन हजार आठ सय ८६ जनाको मुटु परीक्षण गर्दा यो समस्या देखिएको फाउन्डेसन सचिव रीता अधिकारीले बताउनुभयो ।

Advertisement 1

गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका मुटु विशेषज्ञ चिकित्सकले बालबालिकाको मुटु जाँच गर्नुभएको थियो । मुटुमा शल्यक्रिया गर्नुपर्ने बालबालिकाको सम्पूर्ण उपचार गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क हुने गरिने पनि अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!