Listen LIVE

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आन्बु खैरेनी गाउँपालिका–१ आन्धी खोलामा मंगलबार बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

Advertisement 1

दुर्घटनामा परी ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय भिश्वकर्मा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए ।

विपरित दिशाबाट आउँदै गरेको ट्रक (नम्बर प्लेट ए२–०३००–१ केएचए २४४८) र डुम्रेबाट आन्धीखोलातर्फ जाँदै गरेको स्कारपियो (नम्बर प्लेट बीए प्रा ०१–००१ या १६५९) को ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।

Advertisement 2

ठक्करपछि स्कर्पियो सडकमै छाडेर ट्रक पुलबाट खसेर दुर्घटना भएको हो । स्कर्पियोमा सवार चार जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । क्षतिग्रस्त ट्रकलाई क्रेनको सहायताले बाहिर निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!