Listen LIVE

बाँके, नेपालगन्ज: बाँकेको सीमा क्षेत्रमा भइरहेको तस्करी र हातपातका घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बलले एसएसपी गंगाराम श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

Advertisement 1

 

सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी बिमल डाँगीले तस्करी नियन्त्रण गर्न नसकेको र तस्करसँग मिलेमतो गरेको जनगुनासो आएपछि सशस्त्र प्रहरी बलले यो निर्णय गरेको हो। छानबिन समितिलाई चार दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

Advertisement 2

 

तस्करसँग असुली र कुटपिटको आरोप

Advertisement 3

एसपी डाँगी नेतृत्वको टोलीमाथि सीमा क्षेत्रमा तस्करसँग पैसा असुल गरेको र सामान्य नागरिकलाई कुटपिट गरेको आरोप लागेको छ। उनका निर्देशनमा घरायसी सामान ल्याउने सर्वसाधारणमाथि कुटपिट हुने र ठूला तस्करसँग पैसा लिएर दाङसम्म सामान पठाइएको आरोप छ।

 

कुटपिट प्रकरणले आलोचना

गत आइतबार नेपालगन्जका एक सर्वसाधारणको अण्डकोष र छातीमा प्रहार गरी बेहोस बनाइएको घटनापछि एसपी डाँगीको चर्को आलोचना भइरहेको छ। सशस्त्र प्रहरीका एक अधिकारीका अनुसार सीमामा सुरक्षाको उचित प्रबन्ध मिलाउनुको सट्टा मातहतका कर्मचारीलाई असुली गर्न निर्देशन दिने डाँगी अहिले कारवाहीमा पर्ने निश्चित भएपछि छटपटिएको देखिन्छ।

 

उज्यालो हुने बित्तिकै रेस्टुरेन्ट धाउने

एसपी डाँगीमाथि सीमा क्षेत्रमा सुरक्षाको व्यवस्थापनमा गम्भीर लापरवाही गर्दै नेपालगन्जका क्याफे र रेस्टुरेन्टमा समय बिताउने आरोप पनि लागेको छ।

 

सशस्त्र प्रहरी बलले छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारवाही गरिने बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!