Listen LIVE

सल्यान, कपुरकोट : सल्यानको कपुरकोट गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि केसीले एक छात्रालाई मेसेन्जरमा आपत्तिजनक र द्विअर्थी मेसेज पठाएको विषयमा अभिभावकको गुनासो आएको छ। अभिभावकले गाउँपालिकामा उजुरी दर्ता गराउँदै विद्यालयका प्रधानाध्यापकले अनैतिक व्यवहार देखाएको भन्दै आवश्यक कारबाहीको माग गरेका थिए।

Advertisement 1

विद्यालयका प्रधानाध्यापकद्वारा छात्रामाथि दुर्व्यवहारको प्रयास, मिलापत्रको नाटकले ढाकछोप

गाउँपालिकाले गुनासो प्राप्त गरेपछि अनुसन्धान अघि बढाएको थियो। उपाध्यक्ष प्रकाश भण्डारीका अनुसार केसीले पठाएको मेसेज शैक्षिक गतिविधिसँग मेल नखाने खालको रहेको पाइयो। उनले भने, “उक्त मेसेज बालिकालाई उत्पीडन गर्ने प्रकृतिको थियो भन्ने बुझ्न गाह्रो भएन।”

Advertisement 2

 

प्रारम्भिक अनुसन्धानका क्रममा बालिकासँग सोधपुछ गर्दा शारीरिक वा मौखिक दुर्व्यवहार नभएको बयान दिइएको बताइएको छ। उपाध्यक्ष भण्डारीका अनुसार, “चार–पाँच दिन अघि मात्रै प्रधानाध्यापक र छात्रा फेसबुकमा साथी बनेका थिए। त्यसपछि नै प्रधानाध्यापकबाट आपत्तिजनक मेसेज पठाइएको पाइयो।”

Advertisement 3

 

गाउँपालिकाले प्रधानाध्यापक केसीलाई स्पष्टीकरण सोध्दा उनले दुर्व्यवहार गर्ने मनसाय नरहेको दाबी गरे। तर, नैतिकताको आधारमा पदबाट राजीनामा दिने निर्णय लिएको बताए। “मेरा कुराहरू गलत अर्थ लाग्न गएका होलान्, तर मेरो उद्देश्य गलत थिएन,” केसीले स्पष्टीकरणमा उल्लेख गरेका थिए।

 

गाउँपालिकाले घटनाबारे थप अनुसन्धान गर्दै गर्दा प्रधानाध्यापक केसीले स्वैच्छिक राजीनामा दिएका छन्। उनको स्थानमा वामदेव अधिकारीलाई नयाँ प्रधानाध्यापकको रूपमा नियुक्त गरिएको छ।

 

यद्यपि, प्रधानाध्यापक केसीले पदबाट राजीनामा दिए पनि उनीमाथि कानुनी कारबाहीको प्रक्रिया अझै बाँकी रहेको उपाध्यक्ष भण्डारीले बताएका छन्। उनले भने, “उहाँलाई शिक्षकबाट निलम्बन गर्ने वा थप कारबाही गर्ने विषयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको संयुक्त निर्णयपछि टुंगो लाग्नेछ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!