काठमाडौँ : आज (मंगलबार) बिहान तिब्बतको सिगात्से सहर केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ९ जनाको मृत्यु पुष्टि भएको छ।
Advertisement 1
सरकारी टीभी च्यानल सीसीटीभीका अनुसार सिगात्सेको डिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी ९ जनाको मृत्यु भएको पुष्टि भएको हो।
यो क्षति प्रारम्भिक विवरण मात्र हो। विस्तृत विवरण आउन बाँकी छ।
Advertisement 2
उक्त भूकम्पको धक्का नेपालको पूर्वी क्षेत्र हुँदै काठमाडौँ उपत्यकासम्म महसुस भएको थियो। नेपालमा भने यहाँको समयअनुसार ६ बजेर ५० मिनेट जाँदा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए।
आजको भूकम्पले नेपालमा पनि क्षति भएको अनुमान गरिएको छ। तर अहिलेसम्म क्षतिका विवरण आइसकेका छैनन्। यस विषयमा बुझ्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएका छन्।









प्रतिक्रिया