वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्वीरहरू)

काठमाडौं । उपत्यकाको सबैभन्दा ठूलो पर्व इन्द्रजात्रा वसन्तपुरमा शनिबार धुमधामका साथ मनाइएको छ ।  इन्द्रदेवको पूजा आराधनासहित शनिबार विशेष कार्यक्रमकाबीच वसन्तपुरमा इन्द्रजात्रा मनाइएको हो ।

इन्द्रदेवको पूजा आराधनासहित काठमाडौंको ऐतिहासिक हनुमानढोकामा ध्वजासहितको पवित्र योंशी ठड्याएर ‘इन्द्रध्वजोत्थान’ गरिएपछि औपचारिक रूपमा पर्व प्रारम्भ हुन्छ ।

शत्रु विजयी भएको खुसीयालीको प्रतीक स्वरूप यो पर्व मनाउने परम्परा रहेको मानिन्छ । भाद्र शुक्ल चतुर्दशीका दिनबाट सुरु हुने इन्द्रजात्रा आठ दिनसम्म विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमसहित मनाइन्छ । यस अवधिमा विभिन्न नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गर्ने परम्परा छ ।

इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ ।

यो पर्व विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा धूमधामका साथ मनाइन्छ । यसैगरी, जीवित देवी कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा निकालिएको छ । आज राष्ट्रप्रमुख (राष्ट्रपति) स्वयम् उपस्थित भई कुमारीको दर्शन, पूजा तथा प्रसाद ग्रहण गर्ने प्रचलन छ ।

यस अवसरमा काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष विशेष कायक्रम आयोजना गर्ने गरेको छ । इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली उच्च पदस्थहरू वसन्तपुर पुगेका थिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बसन्तपुरमा इन्द्रजात्राका लागि पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत गरे ।

सभार : नेपाल भ्यू 

indra jatra nepal viindra jatra nepal viindra jatra nepal viindra jatra nepal viindra jatra nepal viindra jatra nepal viindra jatra nepal viindra jatra nepal viindra jatra kp oliindra jatra nepal viindra jatra nepal viindra jatra nepal viindra jatra nepal viindra jatra nepal vi

error: Content is protected !!