Listen LIVE

काठमाडौँ, पुस ३ गते । विनोद भण्डारीको अर्धशतकीय पारीसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ ।

Advertisement 1

कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको पहिलो क्वलिफायर खेलमा जनकपुर बोल्ट्सलाई आठ विकेटले हाउँदै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो ।

जितका लागि एक सय ४० रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा दुई विकेटको क्षतिमा एक सय ४१ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

Advertisement 2

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अविजित अर्धसतकीय इनिङ्स खेल्नुभयो । उहाँले ५५ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ५८ रन बनाउनुभएको हो । विनोद प्लेयर अफ दि म्याच हुनुभयो ।

यस्तै सईफ जैवले ३२ रन बनाउनुयो । ब्रान्डन म्याकमुलेनले २५ र कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित २० रन बनाउनुभयो ।

Advertisement 3

बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महतोले एक एक विकेट लिनुभयो । फाइनलमा सुदुरपश्चिमले शनिबार कर्णाली याक्स र जनकपुर बोल्ट्सको विजेतासँग खेल्नेछ ।

यसअघि बुधबारनै भएको एलिमिनेटर खेलमा कर्णालीले चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । दोस्रो क्वालिफायरको खेल बिहीबार हुनेछ ।

यसअघिटस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो । जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाउनुभयो ।

यस्तै शुभ कंशाकरले २६, ओपनर लाहिरु मिलान्था र हर्ष थाकरले १२/१२ र कप्तान आशिफ शेख र अरनिको यादवले ११/११ रन बनाउनुभयो ।

बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिनुभयो । सईफ जैवले दुई तथा स्कट कग्लेजिन र अविनाश बोहराले एक एक विकेट लिनुभयो ।

जारी प्रतियोगितामा लयमा देखिएको सुदूरपश्चिमले लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको थियो । यस्तै लिग चरणको सुरुवाती खेलमा चमत्कारपूर्ण प्रदर्शन गरेको जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसात् गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!