Listen LIVE

खजुरा, बाँके : नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखाको आयोजनामा विविध कार्यक्रमहरूमार्फत मनाइएको छ। कार्यक्रममा विचार‑विमर्श र कुर्सी दौड प्रतियोगिता राखेर सेवामुखी मूल्य र सक्रियता प्रवर्द्धन गर्ने उद्देश्य लिएर रुपरेखा तय गरिएको थियो।

Advertisement 1

 

कार्यक्रमको अध्यक्षता खजुरा उपशाखाका कार्यवाहक सभापति योगमाया खनालले गर्नुभएको थियो। उहाँले रेडक्रसको इतिहास, स्थापनाका उद्देश्य, मानवीय सेवामा खेलेको भूमिका र नेपालको प्रारम्भिक कदमहरूलाई सम्झाउँदै, सबैले यसको सक्रियता अझ बृद्घि गर्नुपर्नेमा जोड दिनुभयो।

Advertisement 2

 

शिक्षाविद माधव शर्माले “मानवता नै सबैभन्दा ठूलो धर्म हो” भन्ने विचारसहित रेडक्रसले सधैँ सकारात्मक सन्देश प्रवाह गर्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो।

Advertisement 3

युवा रेडक्रस सर्कल खजुराका अध्यक्ष खगेन्द्र दाहालले रेडक्रसको स्थापना आपत्कालीन उद्धार, रक्तदान, विपद् व्यवस्थापन र स्वयंसेवाको भावना विकासमा केन्द्रित रहेको व्याख्या गर्नुभयो भने समाजसेवी भक्तबहादुर केसीले व्यक्तिगत प्रतिवद्धता निरन्तरता दिनुपर्ने र सानो तर उपलब्धिमूलक योगदान दिने इच्छा व्यक्त गर्नुभयो। यसैगरी, सल्लाहकार झगबहादुर पौडेलले रेडक्रसका मूल्य र मान्यताको भित्र रहेर सबैले योगदान दिनुपर्नेमा जोड दिनुभयो।

 

साहित्‍यिक कार्यक्रमपछि आयोजित कुर्सी दौड प्रतियोगितामा, समाजसेवी भक्तबहादुर केसी प्रथम भए र खगेन्द्र दाहाल द्वितीय। विजयी केसीले नगद रु. ५०० पुरस्कार प्राप्त गर्नुभयो भने उपविजेता दाहालले नगद रु. २५० पाउनु भयो।

 

दिवसकै अवसरमा युवा रेडक्रस सर्कलले उपशाखाका गेटमा रहेको पुरानो नेपालको झण्डा हटाएर नयाँ झण्डा स्थापित गर्ने कार्य सम्पन्न गरेको थियो। कार्यक्रमको सञ्चालन उपशाखाका सचिव विकास हरि कोइरालाले गर्नुभएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!