Listen LIVE

  1. नेपालगन्ज २२ असोज : नेपालगन्जमा खान अयोग्य मासु बेच्ने दुई व्यवसायीलाई कारबाही गरे लगत्तै चल्तीका पाँच मिठाई व्यवसायीलाई जरिवाना तिराइएकोछ ।

संयुक्त बजार अनुगमन समितिले नेपालगन्ज बजारका विभिन्न मिठाई पसलको अनुगमन गर्ने क्रममा अखाद्य मिठाई बेच्ने ५ वटा पसललाई जरिवाना गरेको हो । उनीहरुबाट ५५ हजार रुपैयाँ जरिवाना तिराइएकोछ । अनुगमनका क्रममा नेपालगन्जका अमन स्वीट पसल, खुसी मिठाई पसल, फेमस हलुवा परोठा, नेपालगन्ज मिष्ठान्न तथा बागेश्वरी मिठाई पसललाई कारबाही गरिएको हो । उनीहरुको पसलबाट अखाद्य (खान अयोग्य) मिठाइ भेटिएको थियो ।Kanti Aarogya Hospital Nepalgunj वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख हरि बहादुर खत्रीका अनुसार अमन स्वीट पसललाई २० हजार, खुसी मिठाई पसल, फेमस हलुवा परोठा र नेपालगन्ज मिष्ठान्न पसललाई १०÷१० हजार तथा माँ बागेश्वरी मिठाई पसललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यसक्रमा १६ हजार ७ सय मूल्य बराबरको मिठाई पनि नष्ट गरिएको खत्रीले बताए ।

Advertisement 1

 

चाडबाडको बेला अखाद्य मिठाईको विक्री वितरण भइरहेको भन्ने जनगुनासो तथा नियमित अनुगमनका क्रममा सामान्य कैफियत देखिएका पसललाई सचेत समेत बनाइएको छ । अनुगमन टोलीमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी टोलीको सहभागिता थियो

Advertisement 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!