सन्देश भुसाल , कोहलपुर । कोहलपुर नगरपालिका–१४ हल्दारपुरस्थित राम माध्यमिक विद्यालयको परिसरभित्र एक युवती मृत फेला परेकी छिन्।

 

प्रहरीका अनुसार सुर्खेत घर भएकी २० वर्षीया सिर्जना रसाइली विद्यालयभित्रको निमको रुखमा झुण्डिएको अवस्थामा आज बिहान भेटिएकी हुन्। उनी कोहलपुरकै हल्दारपुरमा रहेको एक होटलमा काम गर्दै आएकी थिइन्।

होटल सन्चालक

 

स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेका उनका आफन्तले रुवाबासी गरेका छन् भने गाउँभर शोकको वातावरण छाएको छ।

मृतकको दाइ

प्रहरीले शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाएको छ। घटना कसरी भयो भन्नेबारे अझै स्पष्ट हुन नसकेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

Leave a Reply

error: Content is protected !!