
सन्देश भुसाल , कोहलपुर । कोहलपुर नगरपालिका–१४ हल्दारपुरस्थित राम माध्यमिक विद्यालयको परिसरभित्र एक युवती मृत फेला परेकी छिन्।
Advertisement 1
प्रहरीका अनुसार सुर्खेत घर भएकी २० वर्षीया सिर्जना रसाइली विद्यालयभित्रको निमको रुखमा झुण्डिएको अवस्थामा आज बिहान भेटिएकी हुन्। उनी कोहलपुरकै हल्दारपुरमा रहेको एक होटलमा काम गर्दै आएकी थिइन्।
Advertisement 2

स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेका उनका आफन्तले रुवाबासी गरेका छन् भने गाउँभर शोकको वातावरण छाएको छ।
Advertisement 3

प्रहरीले शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाएको छ। घटना कसरी भयो भन्नेबारे अझै स्पष्ट हुन नसकेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%