Listen LIVE

सन्देश भुसाल,नेपालगन्ज, साउन १९ – नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा हुने १३३ औं श्रृङ्खलाको महाआरती विशेष रूपमा मनाइने भएको छ। भोली सोमबार साउन २० गते हुने महाआरतीमा रुद्राभिषेकको शुभारम्भ गरिनुका साथै सात लाख दीप प्रज्वलन (लक्ष्यवती) गरिने गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ।

Advertisement 1

 

आज आयोजित पत्रकार सम्मेलनमा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद अधिकारीले महाआरतीलाई भक्तिभावले सम्पन्न गरिने बताउँदै बाँके, बर्दियाका विभिन्न मठ–मन्दिरका महन्त, सन्त तथा छिमेकी भारत उत्तरप्रदेशका शक्तिपीठका धर्मगुरुहरूलाई समेत आमन्त्रण गरिएको जानकारी दिए।

Advertisement 2

 

उनले श्रावण महिनामा आराध्यदेव महादेवको पूजा–अर्चना तथा रुद्राभिषेक गर्नाले मनोकामना पूरा हुने र दीर्घायु प्राप्त हुने धार्मिक विश्वास रहेको उल्लेख गरे।

Advertisement 3

 

यसै सन्दर्भमा, बागेश्वरी मन्दिर परिसरमा श्रावणको पहिलो सोमबार अष्टधातुको खडेश्वर महादेवको मूर्ति पुनःस्थापना गरि प्राणप्रतिष्ठा गरिएको थियो। उक्त मूर्ति नटराज स्वरूपमा रहेको र जुङ्गा भएको यो दुर्लभ शिव मूर्ति नेपालगन्जमै मात्र दर्शन गर्न पाइने धार्मिक अगुवाहरूले बताएका छन्।

 

महाआरतीमा नाट्टा बाँके च्याप्टरको संयोजनमा सात लाख दीप प्रज्वलन गरिने छ। साथै, श्रावणको अन्तिम सोमबार अर्थात् साउन २६ गते हुने १३३ औं श्रृङ्खलाको समापन अवसरमा रुद्राभिषेक सम्पन्न गरिने र भक्तजनलाई रुद्राक्ष प्रसाद वितरण गरिने अध्यक्ष अधिकारीले जानकारी दिए।

 

पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष मनोज श्रेष्ठ, नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल, गुठी समितिका सदस्य तथा वागेश्वरी महाआरती उपसमितिका संयोजक सुनिल सिंह हमाललगायतको उपस्थिति रहेको थियो।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!