मेरठ, उत्तर प्रदेश : मेरठको ब्रह्मपुरी क्षेत्रबाट निस्किएको एक दर्दनाक हत्याकाण्डले सम्पूर्ण समाजलाई झस्काएको छ। मर्चेन्ट नेभीका अधिकारी सौरभ राजपूतको विभत्स हत्या उनकी पत्नी मुस्कान रस्तोगी र उनको प्रेमी साहिल शुक्लाले मिलेर गरे। हत्या मात्र होइन, शवलाई १५ टुक्रा पारेर ड्रममा हालेर सीमेंटले सिल गरिएको थियो।
Advertisement 1
सौरभ र मुस्कानले सन् २०१६ मा प्रेम विवाह गरेका थिए। परिवारको असहमति हुँदाहुँदै पनि सौरभले मुस्कानलाई साथ दिए, आफ्नो परिवार र ठूलो सम्पत्ति छोडेर उनीहरूसँग छुट्टै घरमा बस्न थाले। उनीहरूकी ६ वर्षीया छोरी पनि छिन्।
Advertisement 2
तर, केही समयदेखि मुस्कान र साहिलबीच विवाहेत्तर सम्बन्ध रहेको थाहा पाएपछि सौरभले आफ्नो पुरानो जागिर फर्किने निर्णय गरे। यही कारण मुस्कानले नोभेम्बरदेखि नै सौरभको हत्या योजना बनाउन थालिन्।
Advertisement 3
फागुन १२ (मार्च ४) को रात मुस्कानले सौरभलाई नशालु पदार्थ मिसाइएको खाना खुवाइन्, जसले गर्दा उनी बेहोस भए। त्यसपछि साहिल शुक्ला आएर चक्कु प्रहार गरी उनको हत्या गरे। हत्या मात्र होइन, शवलाई १५ टुक्रा पारेर प्लास्टिकको ड्रममा हालियो। त्यसपछि प्रमाण नष्ट गर्न सीमेंटले भरियो र घरमै राखियो।
हत्या गरेपछि मुस्कान आफ्नो प्रेमीसँग हिमाचल प्रदेश गइन्। उनले सौरभको मोबाइलबाट उनको बहिनीलाई मेसेज पठाइन्, जसले परिवारलाई शंका उत्पन्न गरायो। जब परिवारले फोन गर्दा कसैले उठाएन, उनीहरूले प्रहरीलाई खबर गरे।
मेरठ प्रहरी अनुसन्धानमा लाग्दा मुस्कानले सुरुमा झूटो बयान दिइन्। उनले सौरभको हत्या उनका परिवारले गरेको आरोप लगाइन्। तर, जब कडा सोधपुछ गरियो, उनले अपराध स्वीकार गरिन्।
मुस्कानकी आमा कविता रस्तोगीले छोरीको अपराध सुनेपछि स्तब्ध हुँदै प्रहरीलाई सघाइन्। उनले भने, “मेरो छोरीले यस्तो क्रूर अपराध गर्यो। ऊलाई मृत्युदण्ड दिनुपर्छ। सौरभलाई न्याय मिल्नुपर्छ।”
मुस्कानको हत्याको योजना अन्धविश्वासमा आधारित थियो। उनले साहिललाई भनेकी थिइन् कि उनको मरेकी आमाले सपना देखेर सौरभलाई मार्नू पर्ने सन्देश दिएकी छिन्। साहिल अन्धविश्वासी भएकाले यो कुरा पत्याएर हत्या गर्न तयार भए।
सौरभकी आमाले रुँदै भनिन्, “मेरो छोराले आफ्नो परिवार, सम्पत्ति सबै छोडेर मुस्कानलाई माया गर्यो। तर, उसले यस्तो धोका दिन सकी? मेरी छोरीजस्तै बुहारीले मेरो छोरालाई काटेर मारिन्।”
सौरभका बुबा-आमाले मुस्कानका परिवारमाथि पनि आरोप लगाएका छन्। उनीहरूको भनाइअनुसार, मुस्कानका बाबु-आमाले पहिले नै घटनाको जानकारी पाइसकेका थिए, तर पछि आफूलाई बचाउन प्रहरीसँग सहयोग गरेका छन।
मेरठ प्रहरीले मुस्कान र साहिललाई नियन्त्रणमा लिएको छ। अनुसन्धान जारी छ, र उनीहरूलाई कडा सजायको माग गरिएको छ।










प्रतिक्रिया