Listen LIVE

नेपालगन्ज ; पानस फिल्म्सको प्रस्तुति “मौलाकाली मन्दिर घुमेर” बोलको नयाँ पञ्चे बाजा गीत सार्वजनिक भएको छ। यस गीतमा सुनिता बुढा र ओम बहादुर थापाको सुमधुर आवाज सुन्न सकिन्छ। गीतका रचनाकार, संगीतकार र गायक ओम बहादुर थापा स्वयं हुन् भने पूर्ण संयोगले संगीत संयोजन गरेका छन्। मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ कुमार रानाले गरेका हुन्।

Advertisement 1

 

गीतको भिडियोलाई निशान बनियाँले निर्देशन गरेका छन्। भिडियोमा शरद एलजी, निहारिका थापा र स्वरुप पाठकको आकर्षक अभिनय देख्न सकिन्छ। सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोको सम्पादन दीपक विष्टले गरेका छन्। भिडियो पानस फिल्म्सको अफिसियल च्यानलमार्फत सार्वजनिक भएको छ।

Advertisement 2

 

गीतले मौलाकाली मन्दिरको सौन्दर्य र नेपाली संस्कृतिको झल्को दिन्छ। परम्परागत पञ्चे बाजाको धुनमा सजिएको यो गीतले दर्शक-श्रोताको मन जित्ने विश्वास गरिएको छ।

Advertisement 3

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!