Listen LIVE

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ।

Advertisement 1

प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपाका प्रवक्ता मनीष झाले निजामती सेवा विधेयकमा रहेको विश्राम अवधि (कुलिङ अफ पिरियड) का बारेमा विशेष छानबिन समितिले राज्य व्यवस्था समितिका सभापति खतिवडामाथि नैतिक प्रश्न उठाएको भन्दै राजीनामा दिनुपर्ने बताए। विशेष छानबिन समितिको प्रतिवेदनमा आफ्नो नाम छैन भनेर खतिवडा उम्किन नमिल्ने उनको भनाइ छ।

प्रवक्ता झाले भिजिट भिसा प्रकरणमा मानव बेचबिखन नै भएको यसअघिको छानविन समितिले उल्लेख गरेको भन्दै आफूहरूले उठाएका बिषयको औचित्य पुष्टि हुँदै गएको जिकिर गरे।

Advertisement 2

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै बुधबार पनि रास्वपा सांसदहरूले सदन बहिष्कार गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!