मुगु : मुगु केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ।

मुगु जिल्लाको लुमा आसपास केन्द्रविन्दु बनाएर बिहान ८ बजेर ३ बजे मिनेटमा ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

 

हालसम्म कुनै क्षतिको जानकारी प्राप्त भएको छैन। भूकम्प छिमेकी जिल्लाहरूमा समेत महशुस गरिएको थियो।

 

यसअघि बिहीबार दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको थियो।

Leave a Reply

error: Content is protected !!