Listen LIVE

पोखरा । पोखराका लोकदोहोरी गायक किरण अधिकारीको सवारी दुर्घटनामा परी निधन भएको छ ।

Advertisement 1

 

सोमबार राति करिब २ बजे पोखरा महानगरपालिका वडा नं २५ हेमजाको सापकोटाचोकमा गायक अधिकारी सवार ग१६प ८३४४ नम्बरको स्कुटर दुर्घटनामा परेको थियो । सो दुर्घटनामा अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement 2

 

अधिकारी कास्कीको अन्नपूर्ण गाउँपालिका नौडाँडा निवासी हुन् । उनी पोखराको चिप्लेढुंगास्थित गाउँशहर दोहोरी साँझ कार्यरत थिए ।

Advertisement 3

 

सोमबार राति आफ्ना साथीलाई हेमजा मिलनचोकमा छोडेर फर्किँदै गर्दा दुर्घटना भएको हो । सापकोटाचोकको घुम्तीमा पल्टिएको स्कुटर सडक छेउको फलामेबारमा ठोक्किएको थियो ।

 

प्रहरीका अनुसार तीव्र गतिमा चलाएको स्कुटर अनियन्त्रित भइ सडक छेउको फलामको बारमा ठोक्किँदा अधिकारी उछिट्टिएर सडक मुनि पुगेका थिए । स्थानीयका अनुसार सो स्थानमा स्कुटरले चार बल्ड्यांग खाएको थियो ।

 

उनको शव क्षतविक्षत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

 

अधिकारीको निधनप्रति पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघले दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष जीवन गुरुङ भीम र सचिव दिलु लामा मोक्तानले अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

उनको निधनप्रति शोक मनाउँदै मंगलबार पोखराका दोहोरी साँझहरु बन्द गरिएका थिए

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!