Listen LIVE

कर्णाली नदीमा मृत अवस्थामा फेला परेको पाटेबाघको बच्चा

टीकापुर । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमा कर्णाली नदीमा मृत अवस्थामा पाटेबाघको बच्चा फेला परेको छ ।

१३५ सेन्टिमिटर लम्बाई, ५० सेन्टिमिटर उचाइ, घाँटीको गोलाई ३० सेन्टिमिटर भएको मृत बाघ ६ महिना जतिको हुन सक्ने सब डिभिजन कार्यालय राजापुरका वरिष्ठ फरेष्टर उदय चौधरीले जानकारी दिनुभयो ।

Advertisement 2

मृत बाघको शरीरमा घाउचोट नदेखिएको, पानीमा बगेर आएको अवस्थामा भेटिएको र पोस्टमार्टम लागि बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुराद्वारा लैजान लागेको चौधरीले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज पाटेबाघको वासस्थान हो । पानी खान वा कर्णाली नदी तर्ने क्रममा डुबेर बाघ मरेको हुन् सक्ने अनुमान छ । स्थानीयले सोमबार बेलुका नदीमा पाटेबाघको बच्चा डुबेको अवस्थामा देखेका थिए ।

Advertisement 3

स्थानीयले जानकारी दिएपछि वन डिभिजन कार्यालय ठाकुरद्वारा, सब डिभिजन कार्यालय र बर्दिया राष्ट्रिय  निकुञ्जलाई खबर गरेको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी सागर बोहराले जानकारी दिनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!