Listen LIVE

बाँके जिल्लामा यस वर्षको दुर्गा मुर्ति बिसर्जन कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। घटस्थापनादेखि सुरु भएको दुर्गा पूजाको समापनको रुपमा आइतवार दिउँसोदेखि सुरु भएको मुर्ति बिसर्जन कार्यक्रम साँझसम्म जारी रह्यो। नेपालगन्जका विभिन्न चोक र गल्लीहरूमा राखिएका दुर्गा मुर्तिहरूलाई राप्ती नदीको सिधनिया घाटमा बिसर्जन गरिएको थियो।

यस वर्षको दुर्गा मुर्ति बिसर्जनलाई व्यवस्थित र मर्यादित बनाउन बाँके प्रहरीले कडा सुरक्षा व्यवस्था अपनाएको थियो। सुरक्षा व्यवस्था चुस्त राखको लागि प्रहरी प्रशासनले विभिन्न उपायहरू अवलम्बन गरेको थियो। कुनै पनि अप्रिय घटना हुन नदिन ड्रोनको माध्यमबाट पनि निगरानी गरिएको थियो। बाँकेका प्रहरीका अनुसार, बिसर्जन र्यालीलाई व्यवस्थित गर्न १००० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो।

सवेदनशील स्थानहरूको पहिचान गरी त्यहाँको निगरानीको लागि प्रहरीले घरका छतहरूमा समेत सुरक्षाकर्मी तैनाथ गरेको थियो। साथै, सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरेर निगरानी गरिएको थियो। प्रहरी प्रमुख एसपी कार्कीले सबैको साथ र सहयोगले दुर्गा मुर्ति बिसर्जन कार्यक्रम शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न भएको बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए।

दुर्गा मुर्ति बिसर्जनको क्रममा सुरक्षाको लागि सशस्त्र प्रहरी बलको पनि ठूलो संख्यामा परिचालन गरिएको थियो। र्यालीलाई अवलोकन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, बाँके प्रहरी प्रमुख एसपी कार्की, सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी बिमल डाँगी लगायतका उच्च अधिकारीहरू त्रिभुवन चोकमा पुगेका थिए।

बिसर्जनको क्रममा चोक चोकमा ट्राफिक व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको थियो। बाँके प्रहरीको सक्रियताका कारण सडकमा कुनै जामको समस्या नआएको स्थानीयहरूले बताए। नेपालगन्जका स्थानीय बासिहरुले बाँके प्रहरीले निभाएको भूमिका सराहनीय भएको बताए। उनले भने, “बाँके प्रहरीले खेलेको सक्रिय भूमिकाका कारण दुर्गा मुर्ति बिसर्जन कार्यक्रम शान्तिपूर्ण, मर्यादित र भव्य रूपमा सम्पन्न भएको छ।”

यस अघि इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व ताजिया बिसर्जन र मोहम्मद डे मनाउने क्रममा पनि बाँके प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो। त्यसबेला पनि घरका छतमा, पैदल गस्ती र सादा पोशाकका प्रहरीहरू परिचालन गरेर सुरक्षा सुनिश्चित गरिएको थियो।

बाँके जिल्लामा धार्मिक कार्यक्रमहरूमा शान्ति, सुरक्षा र मर्यादा कायम राख्न प्रहरीले चालेको पहलले स्थानीय समुदायबीच राम्रो प्रभाव पारेको देखिन्छ। दुर्गा पूजाको समापनमा भएको यो बिसर्जन कार्यक्रमले बाँके जिल्लामा धार्मिक सद्भाव र मेलमिलापको उदाहरण प्रस्तुत गरेको छ।

Advertisement 1

तस्बिरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!