
नेपालगञ्ज। नेपालगञ्ज–रुपइडिहा सीमा नाकामा हाल आवागमनमा कडाइ गरिएको छ। आपतकालीन कामका लागि मात्र नेपाली नागरिकलाई भारत प्रवेश अनुमति दिइएको स्रोतले जनाएको छ।
Advertisement 1
जमुनाहा नाकाबाट भने नेपाली र भारतीय दुवै नागरिकलाई नेपाल प्रवेश गर्न दिइएको छ। साथै भारतमा रहेका नेपालीलाई नेपाल फर्कने व्यवस्था पनि गरिएको छ।
Advertisement 2
तर भारततर्फ प्रवेश गर्न चाहने नेपालीलाई भारतीय प्रहरीले कडाइ गरेको छ। आपतकालीन कार्यबाहेक अन्य प्रयोजन, जस्तै सामान्य किनमेल वा घुमफिरका लागि जानेलाई रोक लगाइएको सीमा प्रहरीहरूले बताएका छन्।
Advertisement 3
रुपइडिहा संवाददाता सन्तोष शुक्लाका अनुसार विशेष आवश्यकता परेका नेपालीलाई मात्र भारत पस्न अनुमति दिइँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%