
सन्देश भुसाल , नेपालगञ्ज : तीज नजिकिँदै गर्दा बजारमा तीजसम्बन्धी नयाँ गीतहरू सार्वजनिक भइरहेका छन्। यसै क्रममा गायिका सान्ता बर्देवा, पूर्णिमा सुनार र मनु राना मगरको स्वरमा सजिएको ‘हुँदा खाँदा लाउने तिजै बरिलै’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ।
Advertisement 1
उक्त गीत सामना अफिसियल युट्युब च्यानलमार्फत हिजो दिउँसो सार्वजनिक भएको हो । गीतमा शब्द पनि बर्देवा स्वयंको रहेको छ भने संगीत तथा एरेञ्ज, मिक्सिङ र मास्टरिङ सागर बिरहीले गरेका हुन्।
Advertisement 2
गीतको रेकर्डिङ बासुरी डिजिटल पोखरामा गरिएको हो भने रेकर्डिस्ट दिबस थापा मगर रहेका छन्।
Advertisement 3
भिडियो पक्षमा निर्देशन अर्जुन थापा मगरले गरेका छन्। गीतको कास्टमा सुमन बी.टी. र अनिशा सुनार देख्न सकिन्छ। क्यामेरा, सम्पादन तथा कलर कमल एलेक्सले गरेका छन् भने ड्रोन सुटिङ हिमचुली डिजिटल, कुश्मा पर्वतले गरेको हो। गीतमा मेकअप आर्टिस्ट सपना बस्याल रहेकी छिन्।
यो गीतको छायाङ्कन म्याग्दी बजारबाट करिब दुई घण्टाको दूरीमा पर्ने विकट गाउँ ‘बेनी नगरपालिका–३, भकिम्ली छेपारे’ मा गरिएको हो। तीन दिनको अवधि लगाएर सो गाउँमा गीतको सुटिङ गरिएको बताइएको छ।
गायिका बर्देवा यसअघि पनि ‘आकाशको जुन’, ‘ख्याली चुट्का’, ‘कौरा मायालु’, ‘चाहिँदैन गुन्द्री चाहिँदैन पिर्का’ जस्ता चर्चित लोक तथा तीज गीत बजारमा ल्याइसकेकी छिन्।
नयाँ गीत ‘हुँदा खाँदा लाउने तिजै बरिलै’ ले पनि श्रोता तथा दर्शकको मन जित्ने विश्वास गरिएको छ।