Listen LIVE

नेपालगन्ज पोष्ट । नेपालगन्ज उप–महानगरपालिकाले अत्यधिक चिसो मौसमका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

Advertisement 1

उप–महानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाद्वारा जारी सूचनाअनुसार सामुदायिक, धार्मिक तथा संस्थागत गरी नेपालगन्ज उप–महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण विद्यालयहरूमा २०८२ साल पुस ११ गतेदेखि पुस १४ गतेसम्म सार्वजनिक बिदा दिइने भएको हो।

Advertisement 2

 

पछिल्ला दिनहरूमा चिसो अत्यधिक बढ्दै गएको, बिहान–बेलुकी बाक्लो हुस्सु लाग्ने तथा शीतलहरको प्रभावका कारण बालबालिकाको स्वास्थ्य जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको उप–महानगरपालिकाले जनाएको छ।

Advertisement 3

 

निर्णयअनुसार तोकिएको अवधिमा विद्यालयमा पठनपाठन कार्य स्थगित रहनेछ भने पुस १५ गतेदेखि पुनः नियमित रूपमा कक्षा सञ्चालन गर्न अनुरोध गरिएको छ।

यसअघि खजुरा गाउँपालिकाले पनि शीतलहरकै कारण विद्यालयहरूमा अस्थायी रूपमा पौष ९ देखि ११ गते सम्म  पठनपाठन स्थगन गर्ने निर्णय गरेको थियो । भने १३ गते बाट नियमित पठनपाठन सन्चालन हुने भनिएको थियो । लगातार बढ्दो चिसोका कारण बाँके जिल्लाका विभिन्न स्थानीय तहले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय लिन थालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!