Listen LIVE

टिकटकले २०२५ को पहिलो त्रैमासिकको ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट’ रिपोर्ट सार्वजनिक गरेको छ । प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्मका रिपोर्ट सार्वजनिक गरेको हो ।

Advertisement 1

टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने सामग्रीहरू पहिचान गरी हटाएको हो । कम्पनीका अनुसार, यसले प्रयोगकर्तालाई सुरक्षित र सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

सन् २०२५ को पहिलो त्रैमासिकमा नेपालमा मात्र टिकटकले १८ लाख ७६ हजार ५६३ वटा भिडियोहरू हटाएको छ । गाइडलाइन उल्लंघन गर्ने भिडियोहरू स्वचालित प्रविधिले हटाएको थियो ।

Advertisement 2

विश्वव्यापी रूपमा, टिकटकले यो अवधिमा २११ मिलियन भिडियोहरू हटाएको छ, जुन प्लेटफर्ममा अपलोड भएको कुल सामग्रीको करिब ०.९ प्रतिशत हो । तीमध्ये १८ करोड ४३ लाख ७८ हजार ९८७ भिडियो अटोमेटेड डिटेक्सन प्रविधि प्रयोग गरेर हटाइएका थिए । ७५ लाख २५ हजार १८४ भिडियो थप समीक्षा गरेपछि पुनःस्थापित गरिएका थिए ।

प्रतिवेदनअनुसार, हटाइएका भिडियोहरूको ३०.१ प्रतिशत सामग्री टिकटकको नीतिसँग मेल नखाने संवेदनशील वा वयस्क विषयवस्तु थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!