Listen LIVE

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध २५ प्रतिशत भन्सार महसुल घोषणा गरेका छन्। सो महसुल अगस्ट १ देखि लागू हुने उनको भनाइ छ।

Advertisement 1

 

‘याद छ, भारत हाम्रो मित्र हुँदाहुँदै वर्षौंदेखि हामीले उसँग तुलनात्मक रुपमा निकै कम व्यापार गरेका छौँ। किनकि उनीहरूको महसुल एकदम्म उच्च छ। विश्वकै धेरैमध्ये,’ ट्रम्पले भारतप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्।

Advertisement 2

 

‘भारतले २५ प्रतिशत महसुल तिर्नेछ,’ उनको भनाइ छ।

Advertisement 3

 

त्यस्तै रुससँग हतियार र इन्धन किनेकोमा पनि ट्रम्पले चर्को असन्तुष्टि जनाएका छन्। यसका लागि पनि थप जरिवाना गर्ने उनको घोषणा छ।

 

भारतले अमेरिकासँग व्यापार सम्झौताको प्रयास गर्दै आएको थियो। तर, ट्रम्पसँगको सम्बन्धमा असहजता देखेर पछिल्लो समय नयाँ दिल्लीले चीनसँग सम्बन्ध सुधारलाई तीव्रता दिएको छ।

 

रुस, भारत र चीनको त्रिपक्षीय सहकार्य ब्युँताउने चर्चा पनि चल्न थालेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!