बाँके ; नेपालगञ्ज बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य वृद्धि भएको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो। सोमबार छापावाल सुन १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
Advertisement 2
त्यस्तै, चाँदीको मूल्य भने आज वृद्धि भएको छ। सोमबार प्रतितोला २ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ रुपैयाँले बढेर २ हजार ३ सय रुपैयाँ पुगेको हो।
Advertisement 3
आजको अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३१८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
प्रतिक्रिया
Facebook Notice for EU!
You need to login to view and post FB Comments!











