बाँके, नेपालगन्ज – लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत शनिवार नेपालगन्जमा धार्मिक अगुवा, विशेषज्ञ तथा सरोकारवाला व्यक्तिहरू सहभागी रहने एक महत्वपूर्ण अन्तरक्रिया सम्पन्न भयो। कार्यक्रममा समुदायभित्र सुरक्षा प्रवर्द्धन, लैंगिक हिंसा न्यूनीकरण र सहकार्यका प्रभावकारी उपायबारे विस्तृत छलफल गरिएको थियो।
Advertisement 1

अन्तरधार्मिक राष्ट्रिय सञ्जाल (निरन नेपाल) द्वारा आयोजित र इस्लामी संघ नेपाल लुम्बिनी प्रदेशको सहआयोजनामा भएको कार्यक्रम वडा नं. ७ स्थित आइडियल पब्लिक माध्यमिक विद्यालयमा भएको हो। कार्यक्रममा इस्लामी संघ नेपालका केन्द्रीय अध्यक्ष नजरुल हसन फलाही प्रमुख अतिथि थिए भने निरन नेपाल तथा इस्लामी संघ लुम्बिनी प्रदेश अध्यक्ष उबैदुररहमान खानले कार्यक्रमको अध्यक्षता गरेका थिए।
Advertisement 2

कार्यक्रमको सुरुवातमा इस्लामी संघ लुम्बिनी प्रदेशका सचिव तथा अल्हेरा एजुकेशनल सोसाइटीका उपाध्यक्ष बद्री आलम खानले सामुदायिक एकता र महिलाको अधिकार संरक्षणलाई दिगो सु-शासनको आधार बताउँदै सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
Advertisement 3

सभाध्यक्ष उबैद्द खानले महिला र बालबालिकामाथि हुने हिंसा केवल एक व्यक्तिको समस्या नभई समाजमै पर्ने गम्भीर असर भएको भन्दै सबै क्षेत्रको समन्वय र सक्रियता जरुरी भएको बताए।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक बिष्टले नेपाल प्रहरीले लैंगिक हिंसाप्रति शून्य सहनशीलता नीति अपनाएको उल्लेख गर्दै निरन्तर सचेतनामूलक गतिविधि, विद्यालय तथा समुदायसँग सहकार्य र प्रतिकार्य रणनीति अघि बढाइरहेको जानकारी दिए।
फातिमा फाउण्डेशन नेपालकी अध्यक्ष मैमुना सिद्धिकीले प्रविधिको सुरक्षित प्रयोगसहित महिला र युवाहरूले हिंसा रोकथामका लागि आत्मविश्वासपूर्वक आवाज उठाउनुपर्ने धारणा राखिन्।
बालबालिका, ज्येष्ठ नागरिक तथा महिला सेवा केन्द्र प्रमुख चन्द्रिका खनालले हिंसा महिला र पुरुष दुवैबीचबाट सम्भव हुने भएकाले समाधानका लागि सबैको समान सहभागिता आवश्यक रहेको बताइन्। उनका अनुसार महिला–महिला बीच हुने हिंसालाई पनि गम्भीर रूपमा लिनुपर्ने आवश्यकता छ।
कार्यक्रममा विभिन्न धर्मका धर्मगुरु, समाजसेवी, महिला नेतृत्व, बुद्धिजीवी, टोल विकास संस्था र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।










प्रतिक्रिया