Listen LIVE

कास्की – कास्की प्रहरीले विदेशी मुद्राको अवैध कारोबार गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट विदेशी मुद्रासहित ७५ लाख ९६ हजार रुपैयाँ बरामद गरिएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए।

Advertisement 1

पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका १३, हाटबजारका महमुदिन एम अहमद, झापा दमक नगरपालिका ४ घर भई हाल पोखरा ६, बैदाम बस्ने राजकुमार बुढाथोकी र पोखरा १९, पुरनचौरका खेमराज पौडेल छन्।

उनीहरूको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ४ हजार युरो र ४४ लाख ८ हजार नेपाली नोट बरामद भएको हो। पक्राउ परेकाहरू लामो समयदेखि संगठित रूपमा अवैध विदेशी मुद्राको कारोबारमा संलग्न रहेको एसपी ओलियाले जानकारी दिए।

Advertisement 2

राजकुमार विगत २० वर्षदेखि र खेमराज पौडेल विगत १४ वर्षदेखि मनी एक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध सटही कारोबारमा संलग्न रहेको देखिएको छ।

सबैजनालाई राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम बैंकबाट इजाजतपत्र नलिइ विदेशी विनिमय कारोबार गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइने ओलियाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!