Listen LIVE

नेपालगञ्ज : नेपाली आमाबाट जन्मेका नागरिकले अब बाबुको नामविना पनि नागरिकता प्राप्त गर्न सक्ने गरी सरकारले नागरिकता ऐन, २०६३ संशोधन गर्न विधेयक संसद्मा दर्ता गरेको छ। गृह मन्त्रालयद्वारा तयार गरिएको उक्त विधेयक मंगलबार संसद्मा पेस गरिएको हो।

Advertisement 1

 

विधेयकअनुसार सम्बन्धित व्यक्तिले नागरिकता लिन निवेदन दिनुपर्नेछ। यस्तो प्रक्रियाबाट जारी नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर र ठेगाना उल्लेख गर्ने स्थान खाली राखिनेछ।

Advertisement 2

 

यदि कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक प्रमाणपत्रमा बाबुको नाम उल्लेख भए पनि नागरिकता लिनुपर्ने अवधिसम्म सम्पर्क नभएको अवस्थामा, स्वघोषणाका आधारमा वंशजको नागरिकता लिन सकिने व्यवस्था विधेयकमा गरिएको छ।

Advertisement 3

 

नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गर्ने, तर विदेशी नागरिकता वा राहदानी नलिएका सन्तानले स्वघोषणा गरेमा अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछन्।

 

विधेयकअनुसार १६ वर्ष नपुगेका, तर बाबु वा आमामध्ये एक नेपाली नागरिक भएका सन्तानलाई नाबालक परिचयपत्र प्रदान गरिनेछ।

 

विधेयकले १६ लाख ८८ हजार नेपाली आमासँग मात्रै बस्ने बालबालिका तथा एक लाख बाबुसँग मात्रै रहेका बालबालिकालाई राहत दिने बताइएको छ। बाबुको पहिचानविना पनि नागरिकता प्राप्त गर्न सक्ने नयाँ व्यवस्थालाई कानूनविद्हरूले सरकारले सकारात्मक कदम चालेको बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!