नेपालगन्जः बाँकेमा कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएको छ । जिल्लामा भिटामिन ‘ए’ खाने छ देखि ५९ महिना उमेरसम्मका ४६ हजार ४८० जना बालबालिका रहेको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिएका छन् ।यस्तै ४१ हजार १९६ जना बालबालिकालाई जुकाको औषधी पनि खुवाइने भएको छ । एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने श्रेष्ठले बताए ।बाँकेका जिल्लाका ८ वटा पालिकामध्ये सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा १२ हजार १५ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइदैछ भने १० हजार ६२१ जना बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ । सबैभन्दा कम जानकी गाउँपालिकाका ४ हजार १३ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल र ३ हजार ५४८ बालबालिकालाई जुकाको औषधि खुवाइदैछ ।भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन जिल्लाभर ७ सय ८५ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने भएको छ । जसमध्य नेपालगन्ज उपमहानगरपालिकामा १९६, कोहलपुर नगरपालिका ७१, राप्ती सोनारी गाउँपालिकामा ११०, खजुरा गाउँपालिकामा १०८, जानकी गाउँपालिकामा ८१, नरैनापुर गाउँपालिकामा ६८ जना स्वयम्सेविका परिचालन गरिने छ ।यसैगरी डुडुवा गाउँपालिकामा ५९ र बैजनाथ गाउँपालिकामा ९२ जना स्वयम्सेविका परिचालन गरिने सूचना अधिकारी श्रेष्ठले बताए । भिटामिन ए क्याप्सुल र जुकाको औषधि सबै पालिकामा पठाइसकिएको पनि श्रेष्ठले बताएका छन् । Post navigation ज्वाइँ साब’ मा ‘अकुपेन्सी’ राम्रो हुँदा पनि कम शो दिइएको गुनासो साफ महिला फुटबलमा आज दुई खेल हुदै, नेपालको सामना भुटानसँग