गगन थापाको माग: “घुस काण्डमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गरियोस्”

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरेका छन्।

 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले घुस काण्डसँग जोडिएको अडियो सार्वजनिक भइसकेपछि मन्त्री गुप्ताले आफैं राजीनामा दिनु पर्ने बताए। उनले भने, “गल्ती गरेको होइन भन्ने आँट पनि छैन, लतारेर लिएर जान्छु भन्ने कुरा गरिसकेपछि प्रधानमन्त्रीले तुरुन्त बर्खास्त गर्नुहुन्छ भन्ने अपेक्षा थियो। तर अहिले कार्यक्रमबाटै भन्नुपर्‍यो — प्रधानमन्त्रीज्यू, तपाईं तुरुन्त मन्त्रीलाई बर्खास्त गर्नुहो

 

महामन्त्री थापाले अडियोमा मन्त्री गुप्ताले आपराधिक गतिविधिको संकेत गर्ने खालका अभिव्यक्ति दिएको उल्लेख गर्दै, यस्तो गम्भीर विषयमा सरकारले चुप लाग्नु लोकतन्त्रको मर्यादाविपरीत भएको बताए।

 

उनले जोड दिए, “कानुनभन्दा माथि कोही छैन। गल्ती गर्ने जो भए पनि, पार्टी, पद वा पहुँचको आडमा उन्मुक्ति दिन मिल्दैन। दोषी जो भए पनि कारबाही हुनैपर्छ।”

कार्यक्रममा थापाले संविधान संशोधनको सन्दर्भमा न्यायपालिकालाई पुनःसंरचना गर्नु आवश्यक रहेको धारणा पनि व्यक्त गरे। उनले भने, “सुधारको पहिलो थालनी न्यायिक संरचना र पहुँचबाट गर्नुपर्छ। सबै नागरिकको समान पहुँच सुनिश्चित नगरी न्याय सम्भव हुँदैन।”

 

महामन्त्री थापाको भनाइ अनुसार, अडियो प्रकरणमा मुछिएका मन्त्री गुप्ताको राजीनामा वा बर्खास्ती नभएसम्म सरकारको विश्वसनीयता प्रश्नको घेरामा रहनेछ। उनले प्रधानमन्त्रीलाई सो विषयमा तत्काल निर्णय लिन आह्वान गरेका छन्।

 

error: Content is protected !!