Listen LIVE

सन्देश भुसाल, नेपालगञ्ज, २३ फागुन : बाँके जिल्लाको नेपालगञ्जमा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बृहत् ट्राफिक सचेतना र्‍याली तथा काल्पनिक सडक दुर्घटना न्यूनीकरण अभ्यास सम्पन्न भएको छ।

Advertisement 1

 

सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यून गर्न नेपालगञ्ज उप-महानगरपालिका, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, नेपाल बिमा प्राधिकरण, सुरक्षित यात्रा नेपाल, विभिन्न बिमा कम्पनीहरू तथा अन्य सरोकारवाला निकायहरूको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

Advertisement 2

 

नेपालगञ्ज उप-महानगरपालिका-११ स्थित विपी चोकबाट सुरु भई धम्बोझी चोकसम्म पुगेको उक्त सचेतना र्‍यालीमा सयौं विद्यार्थी, सुरक्षाकर्मी, बीमा कम्पनीका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, महिला संघका सदस्यहरू, मिडियाकर्मी तथा विभिन्न संघसंस्थाका व्यक्तिहरूको सहभागिता रहेको थियो।

Advertisement 3

 

र्‍यालीपछि धम्बोझी चोकमा काल्पनिक सडक दुर्घटना अभ्यास गरियो। यस क्रममा दुर्घटनाका बेला अपनाउनुपर्ने प्राथमिक उपचार, उद्धार तथा सुरक्षाका उपायहरू प्रदर्शन गरी नागरिकलाई सचेत गराइयो

 

नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले सडक दुर्घटना रोक्न ट्राफिक प्रहरी मात्र नभई सबै सरोकारवालाको जिम्मेवारी रहेको बताए।

 

उनका अनुसार,स्थानीय तहले आकासेपुल, ट्राफिक लाइट जडान, सडकमा छाडा पशु नियन्त्रण गर्नुपर्ने। यातायात व्यवस्था कार्यालयले पुराना तथा असुरक्षित सवारीसाधनको अनिवार्य जाँच र नियन्त्रण गर्नुपर्ने। चालकहरूले लेन अनुशासन पालन गर्ने, तीव्र गतिको नियन्त्रण गर्ने, बस स्टपमा मात्र गाडी रोक्ने। यात्रुहरूले जेब्रा क्रसिङ तथा आकासे पुलको प्रयोग गर्ने, सुरक्षित रूपमा बाटो काट्ने। विद्युत् प्राधिकरणले सडकको बीच भागमा पोल नराख्ने। सम्बन्धित निकायहरूले सीसीटीभी क्यामेरा, सडक रेखा तथा ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउने बताए।

 

 

प्रहरी उपरीक्षक खत्रीका अनुसार, यस आर्थिक वर्षको साउनदेखि फागुनसम्म लुम्बिनी प्रदेशभर १,२६३ वटा सवारी दुर्घटना भएका छन्, जसमा ३०३ जनाको मृत्यु तथा १,९१८ जना घाइते भएका छन्।

 

फागुन महिनामात्रै २९ जनाले ज्यान गुमाएका छन्। बाँके जिल्ला दुर्घटनाबाट सबैभन्दा बढी प्रभावित रहेको छ।

 

यस आर्थिक वर्षको माघसम्म बाँकेमा ४७ जनाको मृत्यु तथा ३१० जना घाइते भएका छन्। गत वर्ष लुम्बिनी प्रदेशमा १०० जना बालबालिकासहित ३९५ जनाको मृत्यु भएको थियो।

 

प्रहरी उपरीक्षक खत्रीले विद्यालयका गाडीहरू समेत असुरक्षित बन्दै गएकाे बताउँदै स्कुल बसका चालकहरूलाई प्रतिघण्टा ४० किलोमिटरभित्र मात्र गाडी चलाउन निर्देशन दिए।साथै,विद्यालय बसहरूमा सिट क्षमताभन्दा बढी विद्यार्थी नराख्नुपर्ने। विद्यार्थी, अभिभावक र शिक्षकहरू यात्रा सुरक्षामा सचेत हुनुपर्ने बताए।

 

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित नेपालगञ्ज उप-महानगरपालिकाका प्रमुख प्रसान्त बिष्ट, बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद वेलबासे, संयोजक विमल ढकाल तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरूले पनि सम्बोधन गरेका थिए।

नेपाल बिमा प्राधिकरण, जीवन विमक संघ नेपाल, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, निर्जीवन तथा लघुवित्त कम्पनीहरूको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

 

नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको ट्राफिक प्रहरी निरीक्षक पुस्करराज पन्तले जानकारी दिए।

 

कार्यक्रमको मुख्य उद्देश्य सडक दुर्घटना न्यूनीकरण, नागरिकलाई सडक सुरक्षाका उपायहरूबारे जानकारी गराउने, दुर्घटनाबाट हुने मृत्यु तथा घाइतेको संख्यालाई घटाउने रहेको थियो। सडक सुरक्षाका उपायहरूको प्रभावकारी कार्यान्वयन भएमा नेपालगञ्ज तथा अन्य स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने कार्यक्रमका वक्ताहरूले बताएका छन्।

हेर्नुहोस केहि तस्बिरहरु(तस्वीर यात्रा मिडिया हाउस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!