Listen LIVE

नेपालगञ्ज पोस्ट ,काठमाडौं । पतञ्जली योगपीठ जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

Advertisement 1

 

बुधबार विशेष अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार धरौटी बुझाएपछि नेपाल बुधबारै रिहा हुनेछन्।

Advertisement 2

 

नेपाल बुधबार बिहान अदालतमा आफैँ उपस्थित भई बयान दिएका थिए। सोही दिन थुनछेक बहससमेत सम्पन्न भएको थियो। नेपालका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी, खम्मबहादुर खाती, गोविन्द बन्दी, रमण श्रेष्ठ र टिकाराम भट्टराईले बहस गरेका थिए।

Advertisement 3

 

उनीहरूले पूर्वप्रधानमन्त्री नेपाल निर्दोष रहेको जिकिर गर्दै अदालतको बोलावटमा सधैं उपस्थित हुने प्रतिवद्धता जनाएका थिए।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली आयुर्वेदिक कम्पनीसँग जोडिएको काभ्रेको जग्गा हदबन्दी छुटका नाममा खरिदबिक्री गरेर भ्रष्टाचार भएको आरोपमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

 

अख्तियारका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र सरकारी वकिलहरूले नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए। पन्तले यो निर्णय नीतिगत नभई व्यक्तिगत प्रभाव र दबाबमा गरिएको दाबी गर्दै सिलसिलाबद्ध घटनाक्रम अदालत समक्ष प्रस्तुत गरेका थिए।

 

तर, नेपालका तर्फबाट बहस गर्ने अधिवक्ताहरूले पन्तको उपस्थितिप्रति नै आपत्ति जनाएका थिए। वरिष्ठ अधिवक्ता शम्भु थापाले सरकारी वकिलमार्फत मात्र बहस गर्नुपर्ने प्रावधान विपरीत अधिवक्ता पन्तले बहस गरेको भन्दै असन्तुष्टि जनाएका थिए।

 

नेपालको पक्षमा बहस गर्न १०० भन्दा बढी कानुन व्यवसायीले नाम टिपाएका थिए, यद्यपि सबैले बहस भने गरेनन्। अख्तियारले नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।

 

२०६६ सालमा प्रधानमन्त्री रहेका बेला नेपालले मन्त्रिपरिषद्को निर्णयमार्फत हदबन्दी छुट भएको जग्गा खरिद गर्न स्वीकृति दिएको थिए। तर, सो प्रक्रिया कानुनविपरीत भएको भन्दै अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

 

मुद्दा दायरसँगै पूर्वप्रधानमन्त्री नेपालको सांसद पद निलम्बनमा परेको छ। नेकपा (एकीकृत समाजवादी) ले यो मुद्दालाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा अख्तियारले कारबाही अघि बढाएको आरोप लगाउँदै आएको छ।

 

पूर्वप्रधानमन्त्री नेपालले यसअघि चैत १७ गते अख्तियार समक्ष बयान दिँदै आफूले कुनै अनुचित कार्य नगरेको र नियतवश गल्ती भएको भए सजाय भोग्न तयार रहेको बताएका थिए।

 

🔺 मुख्य बुँदाहरू:

विशेष अदालतले ३५ लाख धरौटीमा रिहा गर्ने आदेश

पतञ्जली जग्गा प्रकरणमा ९३ जनाविरुद्ध मुद्दा

अख्तियारले १८ करोडभन्दा बढी बिगो मागदाबी

नेपालको सांसद पद निलम्बन

नेकपा एसको आरोप – राजनीतिक प्रतिशोध

 

 

© नेपालगञ्ज पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!