Listen LIVE

गुल्मीमा बसबाट खसेर महिलाको मृत्यु, वीरगञ्जमा स्कुल बसको ठक्करले साइकल यात्रुको निधन

रुपन्देही : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७, भरवलियामा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन्।

Advertisement 1

 

लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु १ च २७६३ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई पल्टिँदा गैंडहवा गाउँपालिका–१, शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोदन गाउँपालिका–६, मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

Advertisement 2

 

घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी १९ जनालाई भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, रानीगाउँमा भर्ना गरिएको छ।

Advertisement 3

 

दुर्घटना भएका सबैजना मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्किंदै गर्दा सवार थिए। प्रहरीका अनुसार सवारी चालक २६ वर्षीय अशोक पासीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!