Listen LIVE

सन्देश भुसाल,बाँके : डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड १६ लाख ८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको आज सम्पन्न १८औं गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले दुई वटा विधेयक, नीति तथा कार्यक्रमसहित आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन्।

Advertisement 1

 

अध्यक्ष चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, स्वरोजगार, विपद् व्यवस्थापन, वातावरण संरक्षण, सूचना सञ्चार, लघुउद्यम, पूर्वाधार निर्माण र संस्थागत विकासलगायतका क्षेत्र समेटिएको छ।

Advertisement 2

 

बजेटका प्रमुख श्रोतहरू यस्ता छन्:

Advertisement 3

  • संघीय सशर्त अनुदान: रु. २४ करोड २५ लाख
  • संघीय समपूरक अनुदान: रु. १ करोड
  • विशेष अनुदान (प्रदेश): रु. १८ लाख
  • प्रदेश समपूरक अनुदान: रु. ७५ लाख
  • प्रदेश सशर्त अनुदान: रु. १ करोड २० लाख
  • आन्तरिक आय: रु. ५ करोड ८७ लाख

 

डुडुवा गाउँपालिकाले कृषि विकासलाई बजेटको प्रमुख प्राथमिकतामा राखेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा बिउ प्रशोधन केन्द्रमार्फत १५ मेट्रिक टन बिउ प्रशोधन गरी वितरण गरिएको थियो। नयाँ आर्थिक वर्षमा थप व्यापक रूपमा कृषकलाई लक्षित गर्दै प्रशोधित बिउ वितरण गरिने नीति लिइएको छ।

 

डुडुवा गाउँपालिका बाँकेको प्रमुख तरकारी उत्पादन क्षेत्रका रूपमा परिचित छ। यही सम्भावनालाई उपयोग गर्न वडा नं. ६ मा कोल्ड स्टोर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको कोल्ड स्टोर आगामी वर्ष सञ्चालनमा ल्याइनेछ। यसबाट कृषकले आफ्ना उत्पादन सस्तो मूल्यमा बिक्रि गर्नु पर्ने बाध्यता अन्त्य भई, राम्रो मूल्यमा स्थानीय बजारमा बिक्रि गर्न सक्नेछन्।

 

नीति तथा कार्यक्रममा विपद् व्यवस्थापन, शिक्षा प्रणालीको सुधार, स्वास्थ्य सेवा विस्तार, पशुपालन तथा लघु उद्यम प्रवर्द्धन जस्ता बहुआयामिक विषयहरू समेटिएको छ। गाउँपालिकाले समावेशी, दिगो र आत्मनिर्भर आर्थिक प्रणाली निर्माण गर्ने लक्ष्यसहित नीति निर्माण गरेको जनाएको छ।

 

डुडुवाको यस आर्थिक योजना र कार्यक्रमले गाउँपालिकालाई उत्पादनमुखी, आत्मनिर्भर र समावेशी बनाउने दिशामा सार्थक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!