Listen LIVE

नेपालगन्ज  – पश्चिम नेपालबाट मौसममा बदली शुरू भएको छ। सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा बिस्तारै मुलुकभरि फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement 1

विभागका मौसमविद् रोजन लामिछानेले पूर्वतर्फ सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिने बताए।

दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जानेछ। उनका अनुसार अहिले वर्षा भने भइसकेको छैन। राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्का वर्षा हुनसक्ने सम्भावना भने छ।

Advertisement 2

हाल देशमा पश्चिमी वायुको प्रभावका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा पश्चिमी न्यूनचापीय प्रणालीको समेत प्रभाव देखिएको छ।

मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न शुरू भएको छ। मंसिर अन्तिम साता चिसो अत्यधिक बढेर घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको मौसमविद् लामिछानेले उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!