Listen LIVE

दोहा / वाशिङ्टन – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो लामो मध्यपूर्व भ्रमणको क्रममा कतारबाट एक अत्यन्तै महँगो सुपर लग्जरी विमान उपहारस्वरूप पाउने भएका छन्। कतारको शाही परिवारले ट्रम्पलाई ४० करोड अमेरिकी डलर मूल्य बराबरको बोइङ ७४७-८ जम्बो जेट विमान प्रदान गर्न लागेको हो। यस विमानलाई ‘फ्लाइङ प्यालेस’ अर्थात् ‘उड्ने महल’ नाम दिइएको छ।

Advertisement 1

 

ट्रम्प मंगलबार कतार पुग्ने कार्यक्रम तय भएको छ, र यही भ्रमणको अवसरमा उपहारको औपचारिक घोषणा गरिने अपेक्षा गरिएको छ। ट्रम्पको यो यात्रा साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (UAE) समेत समेटिएको छ।

Advertisement 2

 

यो विमान अमेरिकी सरकारले हालसम्म कुनै विदेशी सरकार वा संस्थाबाट प्राप्त गर्न लागेको सबैभन्दा महँगो उपहार मानिएको छ। ट्रम्पले यसलाई पारदर्शी ढंगले स्वीकृत गरिने उल्लेख गर्दै आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन् कि यो ‘फ्लाइङ प्यालेस’ पुरानो एयर फोर्स वनको विकल्प बन्न सक्छ। वर्तमानमा प्रयोग भइरहेकाे एयर फोर्स वन लगभग ४० वर्ष पुरानो भइसकेको छ।

Advertisement 3

 

यस विमानलाई अस्थायी रूपमा राष्ट्रपतिको विमानका रूपमा प्रयोग गर्ने सम्भावनासमेत चर्चा भइरहेको छ। ट्रम्पले आफूले सन् २०२९ सम्म अर्थात् दोस्रो कार्यकाल समाप्त नभएसम्म यसै विमानबाट राष्ट्रपतिको भ्रमण गर्न सक्ने संकेत दिएका छन्।

 

तर यो उपहारलाई लिएर ट्रम्पमाथि कानुनी र नैतिक प्रश्नहरू उठ्न थालेका छन्। कतिपय विश्लेषकले यो उपहारलाई ट्रम्पको कतारसँगको व्यापारिक सम्बन्धसँग जोडेर हेरेका छन्। कतारले यो माध्यमबाट क्षेत्रीय प्रभाव विस्तार गर्न र अमेरिकासँगको कूटनीतिक सम्बन्ध सुदृढ गर्न खोजेको हुन सक्ने आँकलन पनि गरिएको छ।

 

सामाजिक सञ्जालमा यस विषयमा तीव्र बहस चलिरहेको छ। समर्थकहरूले ट्रम्पको अन्तर्राष्ट्रिय प्रभावशाली व्यक्तित्वको प्रमाणका रूपमा हेरेका छन् भने आलोचकहरूले यसलाई विदेशी प्रभावमा पर्ने खतराको संकेत बताउँदै उनको नैतिकतामाथि प्रश्न उठाएका छन्।

 

एजेन्सीको सहयोगमा तयार पारिएको समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!