Listen LIVE

काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले आजैदेखि लागू हुने गरी यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो।

Advertisement 1

 

नयाँ भाडादरअनुसार यात्रुबाहक सवारी साधनको भाडा ३ दशमलव ३० प्रतिशतले वृद्धि गरिएको छ। यस्तै, पहाडी क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा शून्य दशमलव ८१ प्रतिशतले र तराई क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा शून्य दशमलव ०५ प्रतिशतले बढाइएको विभागले जनाएको छ।

Advertisement 2

 

दुई वा सोभन्दा बढी प्रदेश हुँदै सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधनको भाडा समायोजन गरिएको विभागले स्पष्ट पारेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले पुस ११ गते भाडादर बढाउन सहमति दिएपछि विभागले यसलाई कार्यान्वयनमा ल्याएको हो।

Advertisement 3

 

डिलक्स यात्रुबाहक सवारी साधनलाई भने तोकिएको भाडादरभन्दा २० प्रतिशत बढी लिन छुट दिइएको छ।

 

सरकारले भाडा समायोजनलाई यातायात सञ्चालनमा आउने लागत र भौतिक अवस्था हेरेर गरिएको तर्क दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!