सन्देश भुसाल,नेपालगञ्ज, बैशाख २१ । बाँकेको जानकी गाउँपालिका–२ वोकटिया निवासी अन्दाजी ५० वर्षीय श्यामलाल खटिकको मोटरसाइकलको ठक्करबाट ज्यान गएको छ। आइतबार बिहान करिब ८ बजे घरबाट साइकलमा नेपालगञ्जतर्फ आउँदै गर्दा परसपुरस्थित आयुर्वेदिक औषधालय भवन नजिकै उनलाई पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएको थियो।
Advertisement 1
घटनास्थल परसपुर बजार क्षेत्रको पश्चिमतर्फ करिब २० मिटर दूरीमा पर्छ। ठक्करबाट गम्भीर घाइते भएका खटिकको टाउकोमा गहिरो चोट लागेको थियो। उपचारको लागि भेरी अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
Advertisement 2
ठक्कर दिने मोटरसाइकल चालक फरार रहेको र मोटरसाइकलको पहिचान हुन नसकेको बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए। उनका अनुसार फरार चालकको खोजी कार्य जारी रहेको छ।
Advertisement 3
प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको जनाएको छ। घटनाको जानकारी मृतकका आफन्तलाई दिइएको छ।










प्रतिक्रिया