Listen LIVE

धादिङ, गजुरी : श्रीमतीको हत्या गराउने उद्देश्यले चार लाख रुपैयाँको सुपारी दिएका धादिङका ६० वर्षीय चुडामणि कँडेल आफैं सुपारी पाएका व्यक्तिहरूबाट मारिएको खुलेको छ।

Advertisement 1

 

चैत २७ गते गजुरी गाउँपालिका–२ स्थित आफ्नै घरको शौचालयमा घाँटी डोरीले कसिएको अवस्थामा फेला परेका कँडेलको मृत्यु प्रहरी अनुसन्धानपछि हत्या भएको पुष्टि भएको हो।

Advertisement 2

 

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिपेन्द्र शाहीका अनुसार कँडेलले आफ्नी श्रीमती सुस्मिता कँडेलको हत्या गराउन मकवानपुरका अक्कल बहादुर प्रजा, पृथलाल थिङ र सञ्चलाल तामाङलाई चार लाख रुपैयाँ दिएका थिए। तर, हत्या योजना सफल नभएपछि पैसा फिर्ता गर्न ताकेता गर्न थालेका कँडेल अन्ततः तिनै व्यक्तिहरूबाट मारिएका हुन्।

Advertisement 3

 

प्रजाले कँडेलबाट रकम लिएपछि योजनामा पृथलाल र सञ्चलाललाई पनि समावेश गराएका थिए। उनीहरूले पटक–पटक सुस्मिताको हत्या गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्। त्यसपछि चुडामणिले दिएको रकम फिर्ता माग्दै आएका थिए।

 

‘पैसा फिर्ता गर्न नसकेपछि उनीहरूले उल्टै चुडामणिकै हत्या गर्ने योजना बनाएका रहेछन्,’ एसपी शाहीले भने। उनका अनुसार चैत २४ गते राति घरमै रहेका चुडामणिमाथि कोदालोको बीँडले प्रहार गरी हत्या गरिएको थियो।

 

हत्या पश्चात अभियुक्तहरू पृथ्वी राजमार्ग हुँदै फरार भएका थिए। हाल सबैलाई पक्राउ गरि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!