सन्देश भुसाल, नेपालगञ्ज पोष्ट : देशभर फैलिएको बेथिति र भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले नेकपा (माओवादी केन्द्र) बाँकेले बैशाख १४ गते राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरमा बृहत् जनसभा आयोजना गर्ने भएको छ।
Advertisement 1

जनताको अधिकार, समानता र सुशासनका लागि संघर्षरत शक्तिहरूको पहलमा आयोजना गरिएको उक्त सभामा जिल्लावासीको उत्साहपूर्ण सहभागिता हुने आयोजकले जनाएको छ। कार्यक्रममा हजारौंको संख्यामा सहभागी हुने अनुमान गरिएको छ भने सामाजिक न्याय, परिवर्तन र राजनीतिक सचेतनाका विषयमा व्यापक छलफल हुने बताइएको छ।
Advertisement 2
जागरण अभियान अन्तर्गतको विशेष कार्यक्रमलाई सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका केन्द्रिय नेताहरू फत्तेपुर आउने कार्यक्रम रहेको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिती बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) ले जानकारी दिए।
Advertisement 3
आयोजकका अनुसार यो अभियानले जिल्लामा मात्र नभई देशभर बेथिति र भ्रष्टाचारविरुद्ध जनस्तरबाट चाप सिर्जना गर्न सहयोग पुग्ने विश्वास लिएको छ।











