Listen LIVE

नेपालगन्ज– भारतमा एचएमपी भाइरस सङ्क्रमितको सङ्ख्या ८ पुगेको छ । मंगलबार, महाराष्ट्रको नागपुरमा २ सङ्क्रमित फेला परेका छन् । यहाँ १३ वर्षीय बालिका र ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको छ । दुवै जनालाई लगातार रुघाखोकी र ज्वरो आइरहेको थियो ।

Advertisement 1

त्यसपछि निजी प्रयोगशालामा परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आयो । यिनीहरूलाई अस्पताल भर्ना चाहिँ गर्नु नपरेको र स्थिति नियन्त्रणमा रहेको बताइएको छ ।

एक दिनअघि कर्नाटक र तमिलनाडुमा २र२ जना, पश्चिम बंगाल र गुजरातमा १र१ जना गरी ६ जनामा ​​भाइरसको सङ्क्रमण देखिएको थियो । तीमध्ये अधिकांश बालबालिका छन् । केन्द्रले राज्यहरूलाई इन्फ्लुएन्जा जस्तै रोग र एक्यूट रेस्परेटरी जस्ता श्वासप्रश्वाससम्बन्धी रोगहरूको निगरानी बढाउन र ह्यूमन मेटापन्यूमोभाइरसको रोकथामबारेमा सचेतना फैलाउन सल्लाह दिएको छ ।

Advertisement 2

देशका ४ राज्यमा सङ्क्रमित भेटिएपछि स्वास्थ्यमन्त्री जेपी नड्डाले यो भाइरस सामान्य भएको र यसबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका थिए । विज्ञहरूले पनि एचएमपीभी नयाँ भाइरस नभएको बताइरहेका छन् । यसको पहिचान पहिलो पटक २००१ मा भएको थियो । भाइरस हावामार्फत फैलिने भएकोले सास फेर्दा सर्छ । यसले सबै उमेर समूहका मानिसहरूलाई असर गर्छ ।

डब्लूएचओले स्थितिको अनुगमन गरिरहेको छ र चाँडै नै रिपोर्ट साझा गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!