Listen LIVE

नेपालगञ्ज पोष्ट, झापा – आन्दोलनबाट फर्किरहेका शिक्षकहरू चढेको रात्रिबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

Advertisement 1

काठमाडौँबाट झापा जाँदै गरेको उक्त रात्रिबस आज बिहान करिब साढे ५ बजे शिवसताक्षी नगरपालिका–९ को दूधे भन्ने स्थानमा दुर्घटनामा परेको हो। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने उक्त खण्डमा बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

Advertisement 2

प्रहरीका अनुसार बसका चालक महेन्द्र कन्दङ्वालाई नियन्त्रणमा लिइएको छ। दुर्घटनामा घाइते भएका शिक्षकहरूलाई विर्तामोडस्थित बिर्तासिटी अस्पताल र बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ।

Advertisement 3

 

बसमा सवार सबै जना आन्दोलनमा सहभागी भएर फर्किंदै गरेका शिक्षक रहेको प्रारम्भिक जानकारी आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!