धरान, सुनसरी – सुनसरीको धरान-६ पानवारीस्थित पाँचकन्या जङ्गलमा मृत अवस्थामा फेला परेकी ४५ वर्षीया चुनकुमारी बुढाथोकीको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार हत्यामा आफन्त नै संलग्न रहेका छन्। पक्राउ पर्नेमा मृतकको देवर, देवरको श्रीमती, नन्द र एक सहयोगी रहेका छन्। उनीहरूलाई प्रहरीले बिहीबार राति झापा र मोरङ जिल्लाबाट फरार अबस्थामा पक्राउ गरेको हो। घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक बुढाथोकीका श्रीमान रोजगारीका सिलसिलामा दक्षिण कोरियामा छन्। हत्याको कारण परिवारभित्रको आपसी विवाद र डाहा रहेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विस्तृत विवरण र अभियुक्तहरूको नाम प्रहरीले छिट्टै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ। Post navigation सेविल इन्टरटेनमेन्टको प्रस्तुति ‘दिल कहे बार-बार’ सार्वजनिक, निर्देशक नवराज सुवेदीको ९९ औं निर्देशन नेपालगञ्जबाट काठमाडौंतर्फ छुटेको बसमा यात्रुहरूमाथि दुर्व्यवहार, क्षमता भन्दा बढी यात्रु चढाएको गुनासो