Listen LIVE

धनुषा- महोत्तरीमा प्रेमिकालाई हत्या गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ। गत असोज २३ गते बर्दिबास नगरपालिका-५ टुटेश्वरमा २२ वर्षीया अनु रायलाई हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीको चक्रघट्टा–९ खोइरीयाका २५ वर्षीय मन्दीप कुमार यादवलाई पक्राउ गरेको हो।

Advertisement 1

 

महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने टुंगो लगाएर फर्किने क्रममा विवाद हुँदा प्रेमिका रायको हत्या गरेको आरोपमा उनकै प्रेमीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। विवाहको सहमति पछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुवैजना बीच विवाद भएपछि एकअर्कालाई कुटपिट हुँदा युवतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले बताए।

Advertisement 2

 

गत असोज २३ गते बर्दिबास नगरपालिका-५ टुटेश्वरमा वेशारिसे अवस्थामा शव फेला परेका थिए। टुटेश्वर मन्दिरबाट मृतक महिलासँग आरोपितसँगै फर्किएको, टेम्पुमासँगै यात्रा गरेको भिडियो प्राप्त भएपछि अनुसन्धान गर्दै जाँदा यादवलाई वीरगन्जबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जैसवारले बताए। पक्राउ परेका यादवलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!