Listen LIVE

सन्देश भुसाल,कैलाली : कैलालीको अत्तरियामा बुधवार बिहान एक पुरुषको शव दुर्गा मन्दिर परिसरमा फेला परेको छ । इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको उक्त मन्दिरभित्रै हत्या गरिएको अवस्थामा शव भेटिएपछि स्थानीयमा त्रास फैलिएको छ भने प्रहरीले घटनाको पुष्टि गरेको छ ।

Advertisement 1

 

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गंगा बहादुर थापाका अनुसार शवको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको देखिन्छ । उनले भने, “शवको टाउको फुटेको छ, बायाँ पट्टिको भाग चर्किएको छ र आँखा समेत फुटाइएको छ । अनुहार चिन्ने अवस्था छैन ।” शव नजिकै रगतले लेपिएको ढुङ्गा पनि फेला परेको उनले जानकारी दिए ।

Advertisement 2

 

अन्दाजी ३५–४० वर्षको देखिने ती पुरुषको पहिचान अझै खुल्न सकेको छैन । उनको साथमा लुगा बाहेक अन्य कुनै पनि सामग्री फेला परेको छैन ।

Advertisement 3

 

शव दुर्गा मन्दिरको दक्षिणतर्फको प्राङ्गणमा फेला परेको भए पनि, घटनास्थल मन्दिरभित्रै भएको प्रहरीले आशंका गरेको छ । डीएसपी थापाका अनुसार, मन्दिरको भित्री भागमा रक्ताम्मे देखिएको छ र त्यहाँबाट शवलाई घिसारेर बाहिर फालिएको हुनसक्ने अनुमान गरिएको छ ।

 

मन्दिरका पुजारी टिका दत्त पनेरुले घटनाबारे बिहान ६:३० बजेतिर मात्र जानकारी पाएको बताए । उनले राति साढे ७ बजे मन्दिर बन्द गरेर गएका थिए । “बिहान ५–६ बजे तिर म मन्दिर आएको थिएँ, तर शवबारे पतञ्जलि योग समितिका मान्छेले भनेपछि मात्र थाहा पाएँ,” उनले भने ।

 

उनका अनुसार मन्दिरको मुख्य गेटमा ताला लागेको भए पनि मन्दिरमा प्रवेश गर्न सकिने अन्य तीन गेटहरू छन् । यसले सम्भावित अपराधीहरू ती गेटहरूबाट मन्दिरमा प्रवेश गरेको हुनसक्ने देखिन्छ ।

 

मन्दिर इलाका प्रहरी कार्यालयको ठीक अगाडि पर्दछ । यति संवेदनशील स्थानमा भएको जघन्य हत्या घटनाबारे प्रहरी अनविज्ञ रहनुमा स्थानीयले गम्भीर आपत्ति जनाएका छन् । स्थानीयले प्रहरीमाथि गम्भीर लापरवाही गरेको आरोप लगाएका छन् ।

 

घटनापछि शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ भने घटनाको गहिरो अनुसन्धान भइरहेको डीएसपी थापाले बताएका छन् । अहिले इलाकामा व्यापक प्रहरी परिचालन गरिएको छ र शंकास्पद व्यक्तिहरूको खोजी तीव्र पारिएको जनाइएको छ ।

 

शान्तिपूर्ण देखिने मन्दिर परिसरमा भएको यो जघन्य हत्या घटनाले समग्र सुरक्षाप्रणालीमाथि प्रश्न उठाएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाको रहस्य अझै खुल्न नसकेको अवस्थामा स्थानीय बासिन्दा त्रसित छन् । प्रहरीलाई समयमै सूचना नपाउनु तथा घटनास्थलकै छेउमा प्रहरी कार्यालय हुँदाहुँदै यस्तो घटना हुनुले थप अनुसन्धानको खाँचो देखाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!