Listen LIVE

सन्देश भुसाल, नरैनापुर, बाँके : बाँकेको नरैनापुर गाउँपालिका-६ मा राप्ती नदीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ।

Advertisement 1

 

शनिबार अपराह्न करिब साढे ४ बजे सोही वडाका पल्टु बर्माका छोरा रवि बर्मा भैंसी चराउन गएका थिए। चराउने क्रममा उनी राप्ती नदीमा नुहाउन पसेका थिए। तर, पानीको बहाव तीव्र भएका कारण उनी डुबेर बेपत्ता भए।

Advertisement 2

 

घटना भए लगत्तै स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि सशस्त्र प्रहरी बल बिओपी गंगापुरका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको नेतृत्वमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली खोजी कार्यमा जुटेको थियो। स्थानीयवासी तथा प्रहरीको संयुक्त प्रयासमा आइतबार साँझ उनको शव नदीबाट निकालिएको थियो।

Advertisement 3

 

सशस्त्र प्रहरीले रविको शव पोस्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाएको जनाएको छ। घटनापछि गाउँमा शोकको वातावरण छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!