दार्चुला, बैशाख ७– दार्चुलाको गोकुलेश्वरमा रहेको पक्की पुलबाट लडेर एक युवक घाइते भएका छन्। बैतडी जिल्लाको डिलासैनी गाउँपालिका–६ बागगोठ घर भएका २५ वर्षीय गगन लावड आइतबार दिउँसो २ बजेतिर दार्चुला र बैतडी जोड्ने पुलबाट लडेर घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरीका अनुसार लावडले पुलबाट लड्नु अघि मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हाल लावडको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको र थप परीक्षण तथा उपचारका लागि तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ। Post navigation अछामको कमलबजार विमानस्थलमा तारा एयरलाइन्सको पहिलो व्यावसायिक उडान बोलेरोमा विद्युत् तार खस्दा दुःखद दुर्घटना,एकै परिवारका ४ जनाको मृत्यु