सन्देश भुसाल,नेपालगञ्ज । अभिनेता तथा गायक अशोक दर्जी अभिनीत फिल्म ‘मन बिनाको धन’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको यस फिल्मले नेपालगञ्जका हलहरूमा पनि हाउसफुल शो दिइरहेको छ।
Advertisement 1
अशोकले JS स्कूल नेपालगन्जका विद्यार्थीहरू सँग फिल्म हेर्दै 

Advertisement 2
सडक बालकदेखि सांगीतिक सफलतासम्मको अशोक दर्जीको वास्तविक जीवन यात्रा भावनात्मक र नाटकीय ढंगमा चित्रण गरिएको यो फिल्मले ‘मन’ र ‘धन’बीचको संघर्षमार्फत प्रेरणादायी सन्देश दिएको छ। फिल्ममा देखाइएको “जिरोदेखि हिरो” सम्मको यात्रा दर्शकका आँखामा आँसु ल्याउने खालको छ।
Advertisement 3
निर्देशक टंक बुढाथोकीले अशोक दर्जीको जीवनलाई गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत जनचेतनामा ल्याएका थिए। यही जीवनकथामा आधारित यो फिल्म पनि दर्शकको मन छुने किसिमको बनेको छ।
पन्चमुखी अङ्ग्रेजी माध्यमिक बिधालय कोहलपुर-५,बाकेका विद्यार्थी गाडी रिजर्भ गरेर ‘मन बिनाको धन’ फिल्म हेर्न नेपालगन्जको Cineroyale मा 🎬


फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा लगायतका कलाकारको उत्कृष्ट अभिनय देख्न सकिन्छ। फिल्मको कथा तथा निर्देशन टंक बुढाथोकीले गरेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्।
निर्माता विष्णुमाया मैनाली र कार्यकारी निर्माता सपना शर्मा रहेका यस फिल्ममा संगीत टंक बुढाथोकीले, छायांकन सौरभ लामाले, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले, र सम्पादन मित्र डी. गुरुङले गरेका छन्। वितरणको जिम्मा एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन्।
फिल्मको प्रचार–प्रसारका लागि अशोक दर्जी र निर्देशक टंक बुढाथोकी मंगलबार नेपालगञ्ज पुगेका थिए। सो अवसरमा उनीहरूले दर्शकसँग भेटघाट गरी फिल्मको रिभ्यु लिएका थिए।
नेपालगञ्जस्थित सिनेरोयलमा मंगलबार ७ शो र क्युएफएक्स बागेश्वरीमा २ शो प्रदर्शन गरिएको थियो। बुधबार पनि सिनेरोयलमा ६ र क्युएफएक्स बागेश्वरीमा २ शो रहेका छन्, सबै शो हाउसफुल रहेको सिनेमा हलहरूले जनाएका छन्।
देशभरका सिनेमा घरमा राम्रो सो पाउँदै आएको ‘मन बिनाको धन’ अहिलेको हप्ता प्रदर्शनमा आएका अन्य दुई नेपाली फिल्महरूमध्ये सबैभन्दा बढी चर्चा बटुल्न सफल भएको छ।
तस्बिर: कृष्णराज अधिकारी








