Listen LIVE

नेपालगञ्ज १९ असोज – बडादसैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै छ । घटस्थापना गरेसँगै देवीका नौँ वटा रुपको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो ।

दसैँ सुरु भएदेखि नै देवीको मन्दिरमा पूजा गर्नेको आज पनि घुइँचो लागेको छ । काठमाडौँ उपत्यकाका गुहृयेश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, इन्द्रायणीलगायतका मन्दिरमा पूजाआज गर्नेको बिहानैदेखि घुइँचो लागेको छ ।

Advertisement 1

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, डोटीको शैलेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लागेको छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिने गरिँदै आएको छ ।

यसैगरी चौँथो दिन कुष्माण्डा, पाँचाैँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रिको पूजा गर्ने गरिन्छ । पार्वतीको सौन्दर्य अवतार मानिने चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता तथा निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ ।

चन्द्रघण्टा देवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुटघण्ट जस्तो देखिने हुँदा यी देवीलाई चन्द्रघण्टा भनिएको धर्मशास्त्रमा उल्लेख छ । क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी प्रवृत्ति नाश गर्न र सज्जनको रक्षा गर्न उहाँ अवतरण गरेको श्रीमददेवीभागवतलगायत ग्रन्थमा उल्लेख छ ।

नवरात्र सुरु भएदेखि नै काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । उपत्यकाका नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङकटा, नरदेवीलगायत मन्दिर रङगीचङगी बत्तीले सजाइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!