Listen LIVE

कैलाली : कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा बस्दै आएका विदेशी पर्यटकले शुक्रबार त्यस स्थानलाई छाडेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीले फागुन ८ गते उनीहरूलाई २४ घण्टाभित्र ठाउँ छोड्न निर्देशन दिएको थियो। तर, उनीहरूले बल्ल २८ दिनपछि शुक्रबार मात्र स्थान छोडेका हुन्।

Advertisement 1

 

भारत, अमेरिका, चीन, जापानलगायतका विभिन्न देशका १५० जना हाराहारीका विदेशी नागरिक २८ दिनअघि जङ्गलमा अस्वाभाविक गतिविधि गर्दै बसोबास गरेका थिए। स्थानीयवासीको गुनासोपछि प्रमुख जिल्ला अधिकारी (सिडियो) गोगनबहादुर हमाल र जिल्ला प्रहरी कार्यालय प्रमुखसहितको टोलीले स्थलगत अनुगमन गरी उनीहरूलाई तत्काल ठाउँ छोड्न निर्देशन दिएको थियो।

Advertisement 2

 

प्रशासनको निर्देशन अनुसार, इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी टोली उनीहरूलाई हटाउन पुगेको थियो। तर, ती पर्यटकहरूले पर्यटन भिसामा नेपाल आएको र समुदायलाई असर पर्ने कुनै गतिविधि नगरेको भन्दै २८ दिनसम्म बस्ने बताएका थिए। अन्ततः शुक्रबार उनीहरू त्यहाँबाट बाहिरिएका हुन्।

Advertisement 3

 

घोडाघोडी नगरपालिकाका नगरप्रमुख खड्कबहादुर रावतका अनुसार पर्यटकहरू आफ्ना बन्दोबस्तीका सामानहरू मिलाउँदै गन्तव्यतर्फ लागेका थिए। उनले जङ्गलमा विदेशीहरूले लामो समय बसे पनि कुनै असर पर्ने गतिविधि नगरेको बताए। नगरप्रमुख रावत, वडा नम्बर ९ का वडाध्यक्ष हरिशचन्द्र शाह, पर्यटन व्यवसायीलगायतको टोलीले उनीहरूलाई बिदाइ गरेका थिए।

 

रेन्बो फ्यामिली नामक समुदाय प्राकृतिक जीवनशैली अपनाउने र शान्तिको पक्षमा उभिने समूह हो। विकिपिडियाका अनुसार, यसको सुरुवात १९७० को दशकमा अमेरिकी हिप्पी आन्दोलनबाट भएको थियो, जुन अहिले विश्वभर फैलिएको छ। सन् १९८० र ९० को दशकमा अमेरिकाबाहिर युरोप, ल्याटिन अमेरिका र एसियामा समेत यस्ता जमघट हुन थालेका थिए।

 

रेन्बो ग्यादरिङको उद्देश्य स्वतन्त्र, नियमविहीन, पैसारहित र समुदायमैत्री जीवनशैली अपनाउनु हो। नेपालमा यसअघि अछामको रामारोशन र गुल्मीमा समेत यो समुदायको जमघट भएको थियो। पर्यटन व्यवसायी डबल शाहको पहलमा सन् २०२५ मा यो समुदायलाई घोडाघोडी ल्याउने प्रयास गरिएको थियो। शाहकै मध्यस्थतामा घोडाघोडी नगरपालिकाको आयोजनामा सांस्कृतिक आदानप्रदान कार्यक्रमसमेत गरिएको थियो।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!