Listen LIVE

नेपालगञ्ज, ३ साउन – राप्ती नदीको बाढीबाट जमिन र बस्ती जोगाउन आपतकालीन तटबन्ध निर्माणको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। राप्तीसोनारी गाउँपालिका–७ खल्ला झगडियामा बेम्बो पाइलिङ प्रविधिबाट तटबन्ध निर्माणको कार्य भइरहेको छ, जसको निरीक्षण र अनुगमन गरिएको छ।

Advertisement 1

 

जनताको तटबन्ध कार्यक्रमका आयोजना प्रमुख डा. नारायण सुवेदीका अनुसार बेम्बो पाइलिङ राख्ने कार्य पूरा भइसकेको छ भने हाल बोरा भर्ने र राख्ने काम जारी छ। उनले बाढीको तत्कालीन जोखिमबाट बस्ती तथा जनधन जोगाउन नदीको चार मिटर गहिराईसम्म तटबन्ध निर्माण गरिँदै गरेको जानकारी दिए।

Advertisement 2

स्थलगत निरीक्षणमा डा. सुवेदीसँगै प्रगन्ना कुलो सिंचाई प्रणाली मूल समन्वय समितिका सदस्य तिलक न्यौपाने, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी लगायत स्थानीय सरोकारवालाहरु सहभागी थिए।

Advertisement 3

 

राप्ती नदी क्षेत्रमा डुबान र नदी कटानको समस्या हरेक वर्ष झनै तीव्र बन्दै गएको छ। नदी किनारमा बसोबास गर्ने बासिन्दाहरू रातभर सुत्न नसक्ने अवस्था सिर्जना भएपछि तटबन्ध निर्माण कार्यलाई तिव्रता दिइएको हो।

हाल बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा नं. ६ स्थित ढलैया, वडा नं. ७ का पिप्रहवा, खल्ला झगडिया, देवपुरवा, नरैनापुर गाउँपालिकाको वडा नं. ६ का सोनवर्षा, गंगापुर (कुदरबेटवा), भोजभगवानपुर तथा डुडुवा गाउँपालिकाको पूर्वी भेगमा बाढी जोखिम न्यूनीकरणका लागि आपतकालीन तटबन्ध निर्माण कार्य भइरहेको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!